Logo ८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026


फेरि घट्याे सुनकाे मूल्य, चाँदी भने बढ्याे


65
Shares

काठमाडाैं । नेपाली बजारमा शुक्रबार फेरी सुनको मूल्य सामान्य घटेको छ ।

बिहीबार तोलामा एक हजार आठ सय रूपैयाँले बढेको सुनको मूल्य शुक्रबार भने प्रतितोला एक सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला दुई लाख ९३ हजार ७ सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। बिहीबार सुन प्रतितोला दुई लाख ९३ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ। चाँदी बिहीबार प्रतितोला पाँच हजार ५० रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी शुक्रबार तोलामा पाँच हजार एक सय १५ रूपैयाँमा काराेबार भइरहेको छ। साेही मूल्य बिहीबारको तुलनामा प्रतितोला ६५ रूपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस चार हजार पाँच सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।