काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ।
मंगलबार तोलामा पाँच सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला तीन हजार तीन सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला दुई लाख ९२ हजार रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। मंगलबार सुन प्रतितोला दुई लाख ९५ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी मंगलबार प्रतितोला पाँच हजार ८५ रूपैयाँमा कारोबार भएको थियाे। चाँदी बुधबार तोलामा चार हजार ९ सय ६० रूपैयाँमा काराेबार भइरहेको छ। यो मूल्य मंगलबारको तुलनामा प्रतितोला एक सय २५ रूपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस चार हजार चार सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।










प्रतिक्रिया दिनुहोस्