Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


काँकडभिट्टाबाट ५ सय ७० ग्राम सुन तथा विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ


0
Shares

काठमाडौं ।

झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित सीमा ईलाकाबाट जेठ ४ गते सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलिले ५ सय ७० ग्राम सुन तथा विदेशी मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतबाट सिटि सफारीमा नेपालतर्फ आउँदै गरेका भारत घर बताउने अन्दाजी ३९ वर्षिय परम पाठकलाई उल्लेखित सुन तथा मुद्रा सहित नियन्त्रणमा लिइएको हो ।

विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकडभिट्टा र मेची भन्सार कार्यालयको संयुक्त टोलीले जाँच गर्दा उनको साथबाट उक्त सुन, अमेरिकी डलर २० हजार, भारतीय ८५ हजार ४ सय १० रुपैयाँ तथा भारतीय आधार कार्ड १ थान, विभिन्न ब्राण्डको मोवाईल सेट २ थान, हार्ड डिस्क १ थान, बैंक चेक एक थान र सिमकार्ड ७ वटा समेत बरामद गरेकाे सशस्त्र प्रहरी प्रबक्ता नायब महानिरीक्षक बिष्णु प्रसाद भट्टले जानकारि दिएका छन् ।

नियन्त्रणमा लिई उनलाई बरामद सुन तथा अन्य सामानसहित आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा झापामा बुझाइएको छ । उनी कुन प्रयोजनका लागि नेपाल प्रबेश गरेका हुन् भन्ने खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेकाे छ ।