एजेन्सी । थाइल्याण्डको राजधानी बैंककमा शनिवार रेल र बस एक-आपसमा ठोक्किँदा ८ जनाको मृत्यु भएको छ ।
बैंककको रत्चाथेवी जिल्लामा रहेको एक रेलवे क्रसिङमा साेही दुर्घटना हुँदा २० जना भन्दा बढी व्यक्ति घाइते भएका हुन्। दुर्घटनापछि विष्फोटसँगै आगलागी समेत भएको थियो । दुर्घटनामा अन्य केही कार र मोटरसाइकलहरू समेत परेका छन् । उद्धारकर्मीहरूले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिनुका साथै उद्धार कार्य सञ्चालन गरेका थिए ।
थाइल्याण्डका उप–यातायात मन्त्री सिरिपोङ आङ्कासाकुलकियातकाअनुसार ट्राफिक लाइट रातो भएका कारण बस रेलवे क्रसिङमै रोकिएको थियो । जसले गर्दा सुरक्षा ब्यारियर तल झर्न पाएको थिएन । सोही समयमा आएको मालबाहक रेल अत्यधिक वजनका कारण समयमै रोक्न नसक्दा उक्त दुर्घटना हुन पुगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ










प्रतिक्रिया दिनुहोस्