Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


सप्तरीमा १४१ किलो गाँजासहित दुई पक्राउ


0
Shares

काठमाडाैं ।

सप्तरीको खडक नगरपालिका–५ रञ्जितपुरबाट प्रहरीले १४१ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–१ का ३१ वर्षीय महाप्रसाद लिम्बु र मोरङको लेटाङ नगरपालिका–५ का ४७ वर्षीय बलबहादुर लिम्बु रहेका छन्।

प्रहरी चौकी विसनपुरबाट खटिएको टोलीले धरानबाट लहानतर्फ जाँदै गरेको को १ च २६६७ नम्बरको पिकअप भ्यान जाँच गर्दा फल्स बटम बनाएर लुकाइएको १४ पोका गाँजा फेला पारेको हो।

गाँजा बरामद भएपछि दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Skip This