Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


पूर्वगृहमन्त्री गुरुङ प्रकरण छानबिन गर्न समिति गठन


767
Shares

काठमाडौँ । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी नेउपाने सदस्य रहेका छन् ।

समितिलाई गुरुङसम्बन्धी उठेका विषयमा सत्यतथ्य अध्ययन गरी १५ दिनभित्र राय–सुझावसहित प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारले जानकारी दिएका छन् ।