काठमाडाैं । डोल्पामा लेक लागेर एक किशोरीको मृत्यु भएको छ ।
जुम्लाको गुठिचौर गाउँपालिका–१ मणीगाउँकी १७ वर्षीया मन्जली रोकायाको मृत्यु भएको हो । रोकाया शे-फोक्सुण्डो गाउँपालिकाको भिजेर गाउँमा कामको खोजीमा जाने क्रममा काङ्लापास आसपास लेक लागेर बिरामी भएकी थिइन् । उनलाई फोक्सुण्डो स्वास्थ्य चौकी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्वास्थ्य चौकीमा अक्सिजन तथा सिपिआर गरिए पनि नाडी र मुटुको चाल नदेखिएपछि मृत्यु भइसकेको जानकारी गराइएको थियो । स्वास्थ्य चौकीका अनुसार रोकायामा टाउको दुख्ने, वाकवाकी लाग्ने, सास फेर्न गाह्रो हुने, बान्ता हुने तथा बेहोस हुने जस्ता उच्च हिमाली क्षेत्रमा हुने ‘लेक लाग्ने’ लक्षण देखिएका थिए ।
फोक्सुण्डो क्षेत्र समुद्री सतहबाट करिब तीन हजार ६ सय मिटरभन्दा बढी उचाइमा रहेको छ । हिउँद सकिएसँगै यार्सा गुम्बा टिप्न पाटन जाने, पर्यटकीय चहलपहल बढ्ने तथा स्थानीयको आवतजावत बढ्न थालेपछि साेही क्षेत्रमा लेक लाग्ने समस्या देखिन थालेको प्रहरीले जनाएकाे हाे ।










प्रतिक्रिया दिनुहोस्