Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


विश्वकप लिग–२ : नेपाल स्कटल्याण्डसँग २ रनले पराजित


390
Shares

काठमाडाैं । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको १०३ औं खेलमा नेपाल स्कटल्याण्डसँग २ रनको झिनो अन्तरले पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा लक्ष्य पछ्याउने क्रममा नेपाल अन्तिम समयमा चुकेको हो।

निर्धारित ५० ओभरमा स्कटल्याण्डले ८ विकेट गुमाएर २४३ रन जोडेको थियो। तर, खेलको बीचमा वर्षा भएपछि डकवर्थ लुइस (डीएलएस) पद्धतिका आधारमा नेपालले ३९ ओभरमा २२१ रनको नयाँ लक्ष्य पाएको थियो। गुल्सनले मात्र ३५ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै ६१ रनमा अविजित रहे। यस्तै, दीपेन्द्रले ४९ बलमा ५५ रनको योगदान दिए।

कप्तान रोहित पौडेल ३२, ओपनर आसिफ शेख २१ र करण केसी १८ रनमा आउट भए। स्कटल्याण्डका लागि बलिङतर्फ ब्राड क्युरीले ३ विकेट लिए भने मार्क वाटले २ विकेट हात पारेका छन् ।