Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सकाे पञ्जाव किंग्समाथि सहज जित

आईपीएलमा आज सनराइसर्ज हैदरावाद र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदै

13
Shares

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले पञ्जाव किंग्सलाई ३ विकेटले पराजित गरेकाे छ।

धर्मशालामा साेमबार राति भएकाे खेलमा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जावले ५ विकेट गुमाएर २ सय १० रन बनाएको हाे । पञ्जावले दिएको २ सय ११ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा ७ विकेट गुमाउँदै भेटाएकाे छ।

पञ्जाब किंग्सको यो लगातार चौथो हार हो । आईपीएल अंक तालिकामा पञ्जाव ११ खेलमा १३ अंकका साथ तालिकाको चौथो स्थानमा छ । त्यस्तै, दिल्ली १२ खेलमा १० अंकका साथ तालिकाको सातौं स्थानमा छ ।

साथै आईपीएल क्रिकेटमा मंगलबार राति पौने ८ बजे सनराइसर्ज हैदरावाद र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुने भएकाे हाे ।