Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


सरकारले न्यायालयमाथि हस्तक्षेप गर्‍याे : दुर्गा प्रसाईँ


351
Shares

काठमाडाैं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ ले प्रधानमन्त्री बालेन शाह ले नागरिकको घरसँगै सपना पनि भत्काएको आरोप लगाएका छन् ।

उनले निर्वाचनपछि रास्वपालाई मतदान गरेका मतदाता पछुताउन थालेको दाबी गर्दै विदेशमा रहेका नेपालीले परिवारलाई घण्टी चुनाव चिह्नमा मतदान गर्न दबाब दिएको उल्लेख गरे। अहिले भने “घर नै नभएको अवस्थामा कहाँ फर्किने ?” भन्ने अवस्था सिर्जना भएको उनले बताए।

प्रसाईँले सुरुदेखि नै बालेन नेतृत्वको सरकार विदेशी प्रभावमा बनेको आरोप लगाउँदै आएका आफूलाई हालका गतिविधिले पुष्टि गरेको दाबी गरे। उनले सरकारमाथि न्यायालयमा हस्तक्षेप गरेको आरोपसमेत लगाउँदै चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीश सिफारिस गरेर सरकारले विवाद सिर्जना गरेको टिप्पणी गरे।