काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट सन् २०२६ को फाइनल खेलकाे प्लेअफको कार्य तालिका सार्वजनिक भएकाे छ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले बुधबार साेही कार्य तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिका अनुसार यहि मे ३१ तारिखमा खेल अहमदावादको नरेन्द्र मोदी रङ्गशालामा आयोजना हुने भएको छ । सन् २०२५ काे आईपीएल फाइनल पनि यहि रङ्गशालमा भएकाे थियाे ।
यसअघि आईपीएल फाइनल आयोजना गर्न बैंगलाेरलाई तोकिएको थियो । तर स्थानीय संघ र प्रशासनको केही आवश्यकताहरू बीसीसीआईले तोकेको दिशानिर्देशक र प्रोटोकलको दायरा भन्दा बाहिर रहेका कारण आईपीएल फाइनलको स्थान परिवर्तन भएको हो ।
मे २६ तारिखमा धर्मशालाका एचपीसीए रङ्गशालामा तालिकाका शीर्ष दुई टोलीले क्वालिफायर–१ खेल्नेछन् । यस खेलको विजेता सिधै फाइनलमा प्रवेश गर्ने भएकाे छ । त्यस्तै, मे २७ तािरखमा न्यू चण्डीगढको महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा तालिकाका तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्ने भएका हुन् ।
मे २९ तारिखमा यहि मैदानमा क्वालिफायर–२ हुनेछ । यसमा क्वालिफायर–१ मा हार्ने र एलिमिनेटरमा जित्ने टोलीले खेल्ने भएका छन् ।










प्रतिक्रिया दिनुहोस्