Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


संविधान संशोधनका लागि गठित कार्यदलले आज पूर्वमहान्यायाधीवक्तासँग छलफल गर्दै

संविधान संशोधनका विषयमा आवश्यक सुझाव संकलन गरिंने

221
Shares

काठमाडाैं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले बुधबार पूर्वमहान्याधिवक्ताहरुसँग छलफल गर्ने भएकाे छ ।

साेही छलफल बुधबार दिउँसो ३ देखि साँझ ५ बजेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने भएकाे हाे । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वमहान्यायाधीवक्ताहरुसँग संविधान संशोधनका विषयमा छलफल गर्न लागेको छ।

कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले छलफलका क्रममा सहभागीहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव संकलन गरिने बताउनुभयाे । कार्यदलले यसअघि कानूनविदहरूसँग छलफल गरेको थियो।