Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै

४ उपाध्यक्षसहित ७३ पदका लागि १३७ जना उम्मेदवार

364
Shares

काठमाडाैं । उद्यमी, व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मंगलबार निर्वाचन हुँदैछ ।

महासंघको ६०औं वार्षिक साधारणसभाअन्तर्गत नयाँ कार्यसमितिको निर्वाचन हुन लागेको हो । महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हुँदा संशोधित विधान अनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा प्रत्यक्ष मतदान हुने छैन । वरिष्ठ उपाध्यक्ष निर्वाचित कार्यसमितिबाट चयन गरिने हुँदा मंगलबार उपाध्यक्ष र कार्यसमिति सदस्यमा मात्र निर्वाचन हुनेछ ।

यस पटक वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले भावी अध्यक्षका रूपमा महासंघको नेतृत्व गर्नुहुनेछ । बाँकी ४ उपाध्यक्षसहित ७३ पदका लागि निर्वाचन हुने भएकाे हाे । नेपाल प्रज्ञा प्रतिष्ठानमा महासंघको ७३ पदाधिकारीका लागि १ सय ३७ जना व्यवसायीबीच निर्वाचन हुँदै छ ।