काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले लखनउ सुपर जाइन्टसलाई ६ विकेटले पराजित गरेकाे छ।
वानखेडेमा साेमबार राति भएकाे खेलमा लखनउले दिएको २ सय २९ रनको लक्ष्य घरेलु टोली मुम्बईले १८ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गरेकाे हाे । त्यसअघि टस हारेर ब्याटिङ गरेको लखनउले ५ विकेट गुमाएर २२८ रन बनाएको थियो ।
आईपीएलमा मुम्बई १० खेलमा ६ अंकका साथ तालिकाको नवौं स्थानमा छ । लखनउ भने ९ खेलमा ४ अंकका साथ तालिकाको पुछारमारहेकाे हाे । साथै आईपीएल क्रिकेटमा मंगलबार राति पौने ८ बजे दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्ग्सबीच प्रतिस्पर्धा हुने भएकाे छ।










प्रतिक्रिया दिनुहोस्