Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


टिपरको ठक्करबाट एककाे मृत्यु, एक जना घाइते


0
Shares

काठमाडाैं । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा शुक्रबार (वैशाख १८) टिपरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, सुपप्र०२–००१ख ०५९८ नम्बरको टिपरले भारतीय यूके०६एएस ७९३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय १४ वर्षीय दिवस चुनराको मृत्यु भएको हो । मोटरसाइकलको पछाडि बसेका चुनाराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय नरेश लुहार घाइते भएका छन् । उनलाई उपचारका लागि भारतको खटिमातर्फ लगिएको प्रहरीले जनाएको छ । घाइते चुनाराको बायाँ खुट्टामा चोट लागेको छ । अवस्था मध्यम रहेको छ ।

टिपर चालक भने फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।