काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेकाे छ
भारतकाे चण्डीगढमा मंगलबार राति भएकाे खेलमा २ सय २३ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभर २ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेकाे हाे । राजस्थानको जितमा डोनोभन फेरेइराको अविजित ५२ रन र यशस्वी जैसवालको ५१ रनको योगदान महत्त्वपूर्ण रह्यो । शीर्षस्थानमा रहेको पञ्जाब किंग्सको यो सिजनको पहिलो हार हो ।
पहिला ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाएर २२२ रन बनाएको थियो । पञ्जावका मार्कस स्टोइनिसले ६२ रन र प्रभासिम्रन सिंहले ५९ रन बनाए पनि जितका लागि पर्याप्त भएन । याे जितसँगै राजस्थान अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
साथैआईपीएलमा बुधबार राति पौने ८ बजेदेखि वानखेडेमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुने भएकाे हाे ।










प्रतिक्रिया दिनुहोस्