Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


४६ सय लाईसेन्स वितरण शुरु


481
Shares

इलाम ।
लामो समयको प्रतीक्षापछि इलाममा स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण कार्य सुरु भएको छ ।

यातायात व्यवस्था विभागले छपाइलाई तीव्रता दिएसँगै इलाम कार्यालयमा प्राप्त भएका करिब ४६ सय थान कार्डहरू वितरण गर्न थालिएको हो ।

यातायात व्यवस्था सेवा कार्यालय इलामले वैशाख १४ गते सोमबारदेखि स्मार्ट कार्ड वितरण प्रक्रियालाई गति दिएको छ । विभागबाट छपाइ भई आएका यी कार्डहरू २०८२ साल फागुन महिनासम्म ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएका सेवाग्राहीका हुन् ।

लामो समयदेखि ’रसिद’ को भरमा सवारी चलाउन बाध्य चालकहरूका लागि यो वितरणले ठूलो राहत दिएको छ । इलाम यातयात कार्यालय प्रमुख खगेन्द्र प्रसाद मैनालीले लाइसेन्स लिन आउने सेवाग्राहीले अनिवार्य रूपमा सक्कल नागरिकता र राजस्व बुझाएको रसिद साथमा ल्याउनुपर्नेछ।

यदि सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुन नसक्ने अवस्था भएमा, उसको सक्कल कागजात लिएर अन्य व्यक्तिले पनि लाइसेन्स सक्ने लचिलो व्यवस्था कार्यालयले गरेको छ ।