काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साेमबार दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलाेरबीच प्रतिस्पर्धा हुने भएकाे छ।
भारतकाे दिल्लीमा साेमबार राति पौने ८ बजेदेखि दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलाेरबीच प्रतिस्पर्धा हुने भएकाे हाे। जारी सिजनको आईपीएलमा दवै टोलीको यो आठौं खेल हो । सात खेलबाट १० अंक जोडेको बैंगलाेर तालिकाको दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको पञ्जावको १३ अंक छ । दिल्ली भने सात खेलबाट ६ अंकसहित तालिकाको सातौं स्थानमा रहेको हाे ।
त्यस्तै, आईपीएल क्रिकेटमा आइतबार राति भएकाे खेलमा कोलकता नाइट राइडर्स र गुजरात टाइटान्स विजयी भएका छन् । लखनउमा भएको खेलमा कोलकताले घरेलु टोली लखनउ सुपर जायन्ट्सलाई सुपर ओभरमा पराजित गरेकाे हाे । उता चेन्नाईमा भएको खेलमा गुजरात टाइटान्सले चेन्नाई सुपर किंग्सलाई ८ विकेटले पराजित गरेकाे छ।










प्रतिक्रिया दिनुहोस्