Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


नेपाल मेडिकल एण्ड ल्याब एक्सपो बिहीबारदेखि काठमाडाैंमा सुरु हुँदै


130
Shares

काठमाडौं ।
नेपालकै ठूलो दाबी गरिएको “नेपाल मेडिकल एण्ड ल्याब एक्सपो–२०२६” आगामी बिहीबारदेखि राजधानीमा सुरु हुँदैछ ।

स्वास्थ्य सेवा, डायग्नोष्टिक तथा प्रयोगशाला क्षेत्रलाई लक्षित गर्दै दक्षिण एशियाकै महत्वपूर्ण प्रदर्शनीको नवौं संस्करण काठमाडौं भृकुटीमण्डपमा हुन लागेको हो ।

एस डी मिडिया प्रा.लि.ले केमसान नेपालसंगको सहकार्यमा आयोजना गर्न लागेको एक्सपो विहीबारदेखि शनिबारसम्म ३ दिन चल्नेछ । यस बर्षको संस्करण अहिलेसम्मकै ठूलो हुने आयोजकको दाबी छ ।
प्रदर्शनीमा नेपाल र भारतसहित विभिन्न देशका ४ सय ७५ भन्दा बढी प्रदर्शक सहभागी हुने जसमा ८ सय बढी अन्तर्राष्ट्रिय ब्राण्ड र १ हजार बढी उत्पादन तथा सेवाहरु एकै ठाउँमा प्रदर्शनी गरिने जनाइएको छ ।

यसले स्वास्थ्य सेवा र प्रयोगशाला विज्ञानमा नवीनतम प्रविधि, उपकरण तथा समाधानहरुलाइै नजिकबाट अबलोकन गर्ने अवसर प्रदान गर्ने बताइएको छ ।