Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


नदी किनारको अवैध संरचना र बस्ती हटाउने काम आज पनि जारी

मनोहरा क्षेत्रको बस्त आज खाली गरिने

273
Shares

काठमाडाैं । सरकारले काठमाडाैं उपत्यकाका नदी किनार र सार्वजनिक जग्गाको अनाधिकृत संरचना र बस्ती हटाउने कामलाई आइतबार पनि निरन्तरता दिने भएकाे छ ।

शनिबार हटाउन बाँकी रहेका क्षेत्रमा आइतबार डोजर चलाउने र हटाउने तयारी गरिएको हाे । काठमाडाैंको थापाथली तथा गैरिगाउँ क्षेत्रमा अनाधिकृत संरचना हटाउने काम सकिएको छ । त्यस्तै, शनिबार राति भक्तपुरको मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्ती हटाउने क्रममा अवरोध भएको थियाे। अनाधिकृत रूपमा बनाइएका घर टहरा हटाउने क्रममा सुकुम्वासी बस्तीमा रहेका केहीले ढुङगामुढा गरेपछि काम रोकिएको हाे।

साेही क्रममा २२ जना सुरक्षाकर्मी सामान्य घाइते भएका छन् । सुरक्षाकर्मीले डोजर प्रयोग गरी ७ वटा घर भत्काएपछि आक्रमण भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएकाे हाे । घर टहरा हटाउन शुरु गर्नुअघि नै मनोहरा बस्तीमा रहेका करिब ८० प्रतिशत नागरिकले शनिबार दिउँसो नै सरसामान अन्तै लगिसकेका थिए ।

मनोहरा सुकुम्वासी बस्तीमा ७ सय ७७ घर टहरा रहेको प्रहरीले जनाएकाे छ।