Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


इरानी विदेशमन्त्री र पाकिस्तान सेना प्रमुख भेट


0
Shares

काठमाडौं ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले आज पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असिम मुनिरसँग भेटवार्ता गर्नुभएको छ।

इरानको सरकारी सञ्चारमाध्यमले दिएको जानकारीअनुसार विदेशमन्त्री अराघची र सेना प्रमुख असिमबीच इस्लामाबादमा भेटवार्ता भएको हो ।

विदेशमन्त्री अब्बास अराघचीको नेतृत्वमा इरानी प्रतिनिधिमण्डल आजै पाकिस्तानको राजधानी इस्लामाबाद पुगेको थियो । पाकिस्तानमा रहेको इरानी दूतावासले इरान र पाकिस्तानबिच ‘द्विपक्षीय मामिलाको समीक्षा’ गर्ने जनाएको छ ।

अमेरिका र इरानका प्रतिनिधिमण्डलले यसै हप्ता पाकिस्तानका अधिकारीहरूसँग छुट्टाछुट्टै बैठक गर्ने जनाइएको छ । बैठक उपलब्धिमूलक भएमा अमेरिका र इरानका अधिकारीबिच आइतबार प्रत्यक्ष वार्ता हुनेछ ।