Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


सरकारको सुकुम्बासी बस्ती भत्काउने निर्णयप्रति अध्यक्ष साम्पाङकाे विरोध

सरकारले निरंकुश चरित्र देखाएको आरोप

871
Shares

काठमाडाैं । श्रम संस्कृति पार्टीले सुकुम्बासी बस्तीहरु भत्काउने सरकारको निर्णयप्रति विरोध जनाएको छ ।

साेही पार्टीले सरकारको कदम संविधानको बर्खिलाप भएको भन्दै यस्ता गतिविधि रोक्न माग गरेको हाे । पार्टीका अध्यक्ष हर्क साम्पाङले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उचित क्षतिपूर्तिसहित पुनर्बासको व्यवस्था गरेर मात्र अघि बढ्न सरकारलाई सुझाव दिनुभएको छ । हाल सरकारले देशका विभिन्न स्थानहमा रहेका सुकुम्बासी बस्तीहरुमा गरबि जनताका बासस्थान भत्काइरहेको घटना संविधानको धारा ३७ को उपधारा १ को बर्खिलाप हुने भन्दै जारी विज्ञप्तिमा खेद प्रकट गरिएको छ ।

सरकारले निरंकुश चरित्र देखाएको आरोप लगाउँदै अध्यक्ष साम्पाङले यस्ता घटनाले लोकतन्त्रको मूल्य मान्यतालाई पनि लत्याएको टिप्पणी गर्नुभयाे ।