काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएकाे छ।
उहाँले बैठक बिहीबार मध्याह्न १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बालाउनुभएकाे हाे । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बैठकमा सरकारका नियमित कामकारबाही, प्रशासनिक निर्णय र समसामयिक राजनीतिक विषयमा छलफल हुने जानकारी गराउनुभयाे।
बैठकले विभिन्न मन्त्रालयका प्रस्तावमाथि निर्णय गर्ने र केही महत्वपूर्ण नियुक्तिका बारेमा समेत छलफल गर्ने उहाँको निजी सचिवालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्