काठमाडाैं । नेपाल–भारत सीमामा लागू गरिएको एक सय रुपैयाँभन्दा माथिको भन्सार कर नीति तत्काल खारेज गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ ।
बुधवार युथ फर ट्रुथले काठमाडौको माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनकारीले सीमामा लगाइएको सो प्रावधान तत्काल खारेज गर्न माग गरेका छन् ।
उनीहरुले ‘कर बढी चाँहिदैन, महँगी सहिँदैन’, ‘सीमा शोषण बन्द गर’, ‘भन्सार कर खारेज गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । सरकारले हालै नेपाल–भारत सीमामा एक सय रुपैयाँभन्दा माथिको समानमा भन्सार कर लिने नीति लिएको छ । उक्त नीतिले सीमाक्षेत्रका नागरिकलाई समस्या भएको भन्दै विरोध र आलोचना भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्