Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


पोखरामा फुटपाथमा राखिएका सामग्री हटाइयो


0
Shares

काठमाडाैं । पर्यटकीय राजधानी पोखरामा फुटपाथ व्यापारलाई निषेध गरिएको छ ।

पैदलयात्री तथा पर्यटकहरुलाई सास्ती भएको गुनासोपछि फुटपाथमा राखिएका व्यापार तथा व्यवसायलाई हटाईएको हो ।

जिल्ला प्रहरी कार्यलय कास्की, वडा प्रहरी कार्यलय बैदाम, नगरप्रहरी, पर्यटन व्यवसायी तथा नागरिक समाजको संयुक्त प्रतिनिधिमण्डलले बजार अनुगमन गरि फुटपाथमा व्यापार व्यवसाय नगर्न, फुटपाथ अतिक्रमण नगर्न, जथाभाबी पार्किङ नगर्न नगराउन सचेत गराइएको सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष गुरुप्रसाद बरालले जानकारी दिनुभयो ।

उहाँकाअनुसार पोखराको लेकसाईड क्षेत्रमा योनजन्य क्रियाकलाप तथा फुटपाथ व्यापार मुख्य समस्याको रुपमा देखिएकोले यसलाई अन्त्य गर्न सचेतना गरिएको हो । कानुनको पालना गर्न व्यवसायी तथा नागरिकहरूलाई सचेत गराइएको र अटेर गरे कारबाही गरिने जनाइएको छ ।

साथै सडकपेटी ढाक्नेगरि राखिएका ठेलागाडा, पसल अगाडीको सडकपेटीमा राखिएका साम्रगीहरुलाई हटाईएको छ ।