काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादले विशाल जित हासिल गरेकाे छ।
हैदरावादको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा सनराईजर्सले दिल्ली क्यापिटल्सलाई ४७ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे हाे। पहिले ब्याटिङ गरेको सनराईजर्सका अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ गरेका छन् । उनले ६८ बलमा अविजित १ सय ३५ रन बनाएका थिए । सनराईजर्सले २० ओभरमा २ विकेट गुमाउँदै २ सय ४२ रन बनाएको थियो ।
जवाफी ब्याटिङ गरेको दिल्लीले पूरा ओभर खेल्दै ९ विकेट गुमाउँदै १ सय ९५ रन मात्रै बनाउन सकेकाे थियाे । याे जितसँगै सनराईजर्स ७ खेलमा ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । दिल्ली ६ खेलमा ६ अङ्कसहित पाँचौँ स्थानमा रहेकाे हाे ।
आईपीएल क्रिकेटमा बुधबार लखनउमा राति पौने ८ बजे लखनउ सुपर जाइन्ट्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुने भएकाे छ ।









प्रतिक्रिया दिनुहोस्