काठमाडाैं । टी-२० अन्तर्राष्ट्रिय क्रिकेट अन्तर्गतकाे दोस्रो खेलमा नेपाल विजयी भएकाे छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार राति भएकाे खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ८ विकेटले पराजित गरेकाे हाे। योसँगै नेपाल र यूएईबीचको दुई खेलको टी–२० शृङ्खला १–१ को बराबरीमा सकिएको छ । खेलमा कुशल भुर्तेल र सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका थिए। सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित मात्र ६ रन दिएर ३ विकेट लिएका छन् । उनले दुई खेलमा गरी ६ विकेट लिएका हुन् ।
त्यस्तै, हेमन्त धामीले ४ ओभरमा २० रन दिएर २ विकेट लिए । १ सय २९ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो । कुशल भुर्तेलले ५७ बलमा ८४ रन बनाए । उनको यो अन्तर्राष्ट्रिय टी–२० मा १४औं अर्धशतक हो । यूएईका निलांश केशवानी र मुहम्मद अरफानले १र१ विकेट लिएका थिए । यसअघि नेपालले टस जितेर बलिङ गरेको थियो ।
यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो । पहिलो खेलमा नेपाल पराजित भएको हाे ।









प्रतिक्रिया दिनुहोस्