Logo २६ जेष्ठ २०८३, मंगलबार | Wed Jun 10 2026


एम्बुलेन्सको ठक्करबाट २ जनाको निधन, दुई घाइते


390
Shares

बर्दिया । बाँकेको कोहलपुरबाट राजापुरतर्फ आउँदै गरेको एम्बुलेन्सले गुलरिया–७ स्थित वन डिभिजन कार्यालय नजिक चार जनालाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

साेही दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका हुन्। दुर्घटनामा ५२ वर्षीय भूमि लामिछाने र ५ वर्षीय रेहान्स खरेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकाे छ। प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश कार्कीले घाइते सिता लामिछाने मृतक भूमि लामिछानेकी पत्नी र सूर्य उपाध्यायको कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार भइरहेको बताउनुभयाे ।

चारै जना साेमबार बिहान योग गर्न आयुर्वेद अस्पतालतर्फ जाँदै गर्दा सडक पार गर्ने क्रममा तीव्र गतिमा आएको एम्बुलेन्सले ठक्कर दिएकोउहाँकाे भनाइ छ। मृतक भूमि लामिछाने स्थानीय रूपमा परिचित योग गुरु रहेको प्रहरीले बताएकाे हाे ।

दुर्घटनापछि फरार भएका एम्बुलेन्स चालकलाई भने प्रहरीले करिब १५ किलोमिटर टाढा मधुवन नगरपालिका क्षेत्रबाट नियन्त्रणमा लिएको छ। प्रहरी कार्यालयले यस घटनाकाे बारेमा थप अनुसन्धान गरिरहेको जनाएको हाे।