Logo ६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026


सामसंग नेपालद्वारा “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक


208
Shares

काठमाडाैं । नेपालमा अग्रणी मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्डको रुपमा सशक्त सामसंग नेपालले आज “सपनादेखि सम्भावनासम्म” नामक नयाँ अभियान सार्वजनिक गरेको छ।

यस अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको योगदानलाई उजागर गर्दै, उनीहरूले परिवार र देशका लागि खेलेको महत्वपूर्ण भूमिकालाई सम्मान गर्ने जनाएकाे छ ।

यसले सामसंगको इनोभेसनमार्फत जीवन जोड्ने उद्देश्यलाई पनि सशक्त बनाउने अपेक्षा गरिएकाे छ । यस अभियानअन्तर्गत सामसंगले “Samsung Remit मा Benefit” नामक पहल सार्वजनिक गरेको हाे । रेमिटेन्समा निर्भर परिवारलाई थप सहजता र लाभ प्रदान गर्ने लक्ष्य राखेको छ । यो अफर अप्रिल २४ देखि उपलब्ध हुनेछ जनाइएका‍े छ ।

रेमिटेन्सलाई नेपालको अर्थतन्त्रको प्रमुख आधार मान्दै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई राष्ट्र निर्माणका मुख्य आधारका रूपमा सम्मान गरेकाे छ । साथै, सामसंगका AI-सक्षम डिभाइसहरूले उनीहरूको परिवारको दैनिक जीवनलाई अझ स्मार्ट, कनेक्टेड र अर्थपूर्ण बनाउँछन्। यस पहलअन्तर्गत सामसंगले IME Remit, Ncell, Khalti by IME र Hulas Fin Serve Ltd. सँग मिलेर Samsung का उत्पादन खरिदमा विशेष लाभहरू उपलब्ध गराएको छ।

यसमा Ncell रिचार्जमा बोनस डाटा, २४ महिनासम्मको सजिलो EMI, र Khalti मार्फत क्यासब्याक जस्ता सुविधा रहेका छन्, जसले रेमिटेन्समा आधारित परिवारलाई थप मूल्य र सहजता दिनेछ। यो अफर विदेशबाट नेपालमा रकम पठाउने व्यक्तिहरूका लागि मात्र उपलब्ध हुने जनाइएकाे छ ।