बैतडी ।
बैतडीमा आज दिउँसो दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटना चार जना घाइते भएका छन् ।
जिल्लाको श्रीभावरदेखि पुर्चौडीतर्फ जाँदै गरेको पुर्चौडी नगरपालिका–५ का २४ वर्षीय अमिर कठायतले चलाएको सुदूरपश्चिम प्रदेश ०१ ०१३ प ४२४६ नम्बरको मोटरसाइकल र पुर्चौडीबाट ढोल्यामोडतर्फ आउँदै गरेको सुर्नया गाउँपालिका–८ का ३४ वर्षीय जनक लुहारले चलाएको से ५ प ४७१७ को मोटरसाइकल ढोल्यामोड पुर्चौडी सडकखण्ड अन्तरगत पर्ने सुर्नया गाउँपालिका–८ ढोल्यामोड नजिक एक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा सुर्नया गाउँपालिका–८ का ३४ वर्षीय जनक लुहारको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।
यस्तै पुर्चौडी नगरपालिका–५ हिक्मत कुवँर,पुर्चौडी –५ कै २४ वर्षीय अमिर कठायत, सिगास गाउँपालिका–९का ३४ वर्षीय जय बहादुर चन्द र सिगास गाउँपालिका– ९ का २६ वर्षीय केशव बहादुर चन्द घाइते भएका छन् ।
घाइतेमध्ये हिक्मत र अमिरलाई उपचारको लागि डडेल्धुरा रेफर गरिएको छ । जयबहादुर र केशवको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइहरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्