Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


पशुपतिको जग्गामा बनेका अवैध संरचनामा काठमाडाैं महानगरको डोजर चल्याे


0
Shares

काठमाडाैं । पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैध संरचनामा काठमाडाैं महानगरपालिकाले डोजर चलाएको छ ।

गौशालामा रहेको कोषको जग्गा अतिक्रमण गरी बनाइएका अवैध टहरा तथा संरचनामाथि महानगरले शु्क्रबार डोजर चलाएको हो । महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका महानगरभित्रका सबै संरचना तथा टहराहरू भत्काउने कार्य पुनः शुरू गरेको बताउनुभयो ।

पशुपति क्षेत्र विकास कोषको जग्गा अतिक्रमण गरी कवाड व्यवसाय गर्न तथा अन्य प्रयोजनका लागि बनाइएका टहरा भत्काइएको उहाँको भनाइ छ ।