काठमाडाैं । सरकारले साँस्कृतिक सम्पदाहरुको संरक्षण र सम्वद्र्धनलाई थप सुदृढ बनाउने प्रतिवद्धता जनाएको छ ।
ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले यस्ताे प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले दिगो र जिम्मेवार पर्यटन प्रवद्र्धनका लागि पनि त्यस्ता खालको सम्पदाहरुको उचित संरक्षण र संवद्र्धनका लागि आवश्यक नीति, सहकार्य तथा समन्वयलाई थप सुदृढ बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
सचिव निरौलाले सांस्कृतिक सम्पदाहरुले नेपालको विशिष्ट पहिचान निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गराउनुभएकाे छ। विश्व पर्यटन बजारमा नेपाललाई पृथक र आकर्षक गन्तव्यको रुपमा स्थापित गराउन पनि ठूलो योगदान पुर्याएको उहाँस्पष्ट पार्नुभयो ।
सचिव निरौलाले साँस्कृतिक सम्पदाहरुको उचित संरक्षणका लागि समुदायको अग्रसरता अनिवार्य रहेको तथ्य पनि उल्लेख गर्नुभएकाे छ ।









प्रतिक्रिया दिनुहोस्