Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


मातातीर्थ कुण्डमा स्नान गर्नेको भीड


117
Shares

काठमाडाैं । आमाको मुख हेर्ने दिन शुक्रबार काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्नेहरुको भीड लागेको छ ।


मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन शुक्रबार देशभर आमालाई मीठा–मीठा परिकार खुवाइ आमाको मुख हेर्ने चलन छ । साथै शुक्रबार काठमाडौं उपत्यकाको मातार्तीर्थमा ठूलो मेला लागेको छ । आमाको मुख हेर्ने र आमाबाट आशीर्वाद लिने परम्परा अनुसार मातातीर्थ औंशी मनाउने गरिन्छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमालाइ स्मरण गर्दछन् ।

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ । आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ यो पर्व मनाइने गरिन्छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभ आशिर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा रहेकाे हाे ।