Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


क्यानडामा ‘नेपाली हेरिटेज वीक’ को औपचारिक घोषणा


299
Shares

क्यानडा । क्यानडाको टोरन्टोस्थित सिटी हलमा विशेष कार्यक्रम आयोजना गर्दै ‘नेपाली हेरिटेज वीक’ को औपचारिक घोषणा गरिएको छ।

नेपाली झण्डा फहराउने उक्त समारोह नेपाली समुदायका लागि ऐतिहासिक र गौरवपूर्ण मानिएको यो कार्यक्रम उल्लेखनीय उत्साहका साथ सम्पन्न भएको हो।

कार्यक्रममा ओन्टारियो सांसद क्रिस्टिन वोंग–टामले नेपाली समुदायको योगदानको प्रशंसा गर्दै यस्ता सांस्कृतिक पहलले बहुसांस्कृतिक समाजमा आपसी सम्बन्ध थप सुदृढ बनाउने बताइन्। त्यसैगरी काउन्सिलर नीथन शन ले मेयर ओलिभिया चाउ द्वारा जारी घोषणा प्रस्तुत गर्दै ‘नेपाली हेरिटेज वीक’ घोषणा गर्न पाउँदा गर्व लागेको बताए।

कार्यक्रममा एनआरएनए क्यानडा का अध्यक्ष जगन सापकोटा, एनसीसीएस का प्रतिनिधिहरू लगायतले पनि मन्तव्य दिएका थिए। उनीहरूले यस पहललाई अझ व्यापक बनाउँदै संघीय तहसम्म विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

उक्त कार्यक्रमले टोरन्टोमा नेपाली समुदायको सांस्कृतिक पहिचान, ऐतिहासिक उपस्थिति र सामाजिक योगदानलाई नगरस्तरमा औपचारिक मान्यता दिलाउने महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाइएकाे छ ।