Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


संसदीय समितिको सभापतिमा रास्वपाका सांसदहरुको मनोनयन दर्ता


637
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले प्रतिनिधि सभाका विषयगत समिति र २ वटा संयुक्त समितिको सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

बिहीवार संघिय संसद सचिवालयमा उहाँहरुले उम्मेद्वारी दर्ता गराउनुभएको हो । प्रतिनिधि सभाका विषयगत र संयुक्त संसदका २ गरी १२ वटा समितिमध्ये ११ वटा समितिको सभापतिमा रास्वपाले उम्मेद्वारी दिएको छ ।

प्रतिनिधि सभाको कानून, न्याय तथा मानवअधिकार समितिमा सभापतिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजश्वी शेरचन, अर्थ समितिमा कृष्णहरि बुढाथोकी, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा सुम्नीमा उदासले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

यस्तै प्रतिनिधि र राष्ट्रियसभा अन्तर्गतको संयुक्त समिति संसदीय सुनुवाई समितिको सभापतिमा वोधनारायण श्रेष्ठले उम्मेद्वारी दिनुभएको छ भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति सभापतिमा गणेश कार्कीले मनोनयन गर्नुभएको छ ।

रास्वपाले सार्वजनिक लेखा समिति सभापतिमा भने प्रमुख प्रतिपक्षी दल (नेपाली कांग्रेस)लाई सहयोग गर्ने निर्णय गरेको छ । रास्वपाको बिहीवार बसेको संसदीय दलको बैठकले समिति सभापतिहरु टंगो लगाएको थियो । समितिमा रहने सदस्यहरू भने यसअघि नै टुंगो लागिसकेको छ ।