Logo २९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026


कांग्रेस कार्यसम्पादन समिति बैठक जारी


351
Shares

काठमाड‍ाैं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ।

पार्टी सभापति गगन थापा को अध्यक्षतामा सानेपास्थित केन्द्रीय कार्यालयमा आज दिउँसो सवा दुई बजेदेखि बैठक सुरु भएको हो।

यसअघि आजै कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बसेर निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सँग स्पष्टीकरण माग्ने निर्णय गरेको थियो। खड्कालाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ।

आजकै कार्यसम्पादन समितिको बैठकमा वरिष्ठ अधिवक्ता यदुनाथ खनाल को संयोजकत्वमा गठित समितिले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनमाथिको अध्ययन प्रतिवेदन बुझाउने कार्यक्रम रहेको छ।

कांग्रेसले चैत १९ गते जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको जाँचबुझ गर्न बनेको कार्की आयोगको प्रतिवेदन अध्ययन गरी राय–सल्लाहसहित प्रतिवेदन तयार गर्न उक्त समिति गठन गरेको थियो। यही प्रतिवेदनका आधारमा कांग्रेसले आयोगको निष्कर्षबारे आफ्नो आधिकारिक धारणा तय गर्ने बताइएको छ।