एजेन्सी । अण्डमान सागरमा एउटा डुंगा पल्टिदा २ सय ५० जनाको मृत्यु भएको आशंका गरिएको छ ।
बंगलादेशी नागरिक र रोहिंग्या शरणार्थी सवार डुंगा दुर्घटना हुदाँ ठुलो मानवीय हताहतीको आशंका गरिएको संचारमाध्महरुले जनाएका हुन् । घटना अघिल्लो साताको भएपनि ढिलो गरि सार्वजनिक भएको छ । बंगलादेशको टेकनापबाट मलेशिया जादै गरेको डुंगा दुर्घटनामा परेको हो । खराब मौसम र अत्यधिकर भारले डुंगा पल्टिएको आशंका गरिएको छ । बंगलादेशी तटरक्षकले ९ जनाको सकुशल उद्धार गरेको जनाएका छन् ।
रोहिंग्या शरणार्थीहरु सुरक्षित जीवनको खोजीमा खतरनाक समुद्रीमार्गमा यात्रा गर्न बाध्य हुने गरेका छन् । दुर्घटना भए लगतै उद्धारकार्य तीब्र गतिमा जारी राखिएको अधिकारीहरुले बताएका हुन् ।









प्रतिक्रिया दिनुहोस्