काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
बुधबार बिहान कोशी र गण्डकी प्रदेशको पहाडी-हिमाली भू-भागमा साधारणतया बादल लागेको हाे । साथै बाँकी पहाडी भू-भागमा भनेआंशिक बादल लागेको छ । तराई भू-भागमा भने मौसम मूख्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे।
त्यस्तै, बुधबार दिउँसो भने कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे छ। बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे। तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे।
त्यस्तै, बुधबार राति भने कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे छ। साथै बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे । तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडीतथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको महशाखाले जनाएकाे हाे।









प्रतिक्रिया दिनुहोस्