Logo १ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026


उपत्यकामा रात्रिकालीन बस सेवा सुरु, राति ११ बजेसम्म सञ्चालन


0
Shares

काठमाडौँ । काठमाडौं महानगरपालिकाको संयोजनमा उपत्यकामा रात्रिकालीन बस सेवा सुरु गरिएको छ । महानगरसहित विभिन्न पालिका र साझा यातायातको सहकार्यमा सेवा सञ्चालनमा आएको हो ।

अब राति ८ बजेदेखि ११ बजेसम्म बस सञ्चालन हुनेछन् । लगनखेलदेखि बुढानीलकण्ठ र थानकोटदेखि अन्तर्राष्ट्रिय विमानस्थलसम्म दुई रुटमा सेवा सञ्चालन गरिएको छ ।

यी रुटमा चारवटा विद्युतीय बस चल्नेछन् र हरेक २० मिनेटमा बस स्टपमा पुग्ने व्यवस्था गरिएको छ ।