काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पित्तथैलीको शल्यक्रियापछि सघन उपचार कक्ष (आइसियु)मा राखिएको छ ।
सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको सचिवालयले जनाएको छ ।
चिकित्सकका अनुसार सम्भवतः उनलाई भोलि वार्डमा सारिनेछ र केही दिन अस्पतालमै राखिनेछ । शल्यक्रियामा विभिन्न विशेषज्ञ चिकित्सकको टोली संलग्न रहेको छ भने हाल आइसियुमा चिकित्सकको निगरानीमा उपचार भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्