काठमाडौं ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया गरिएको छ ।
ओलीको सचिवालयका अनुसार महराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकहरुले शफलतापूर्वक पित्तथैलीको शल्यक्रिया गरेका हुन् ।
ओलीको पित्तथैलीमा २२ एम.एम.को पत्थरी देखिएको थियो । ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका चिकित्सकले बताएका छन् ।
गत भदौमा भएको जेनजी आन्दोलनमा ज्यान जाने गरी दमन गरेको अभियोगमा प्रहरीले पक्राउ गरेपछि पूर्वप्रधानमन्त्री ओली चैत १४ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । चैत २६ गते हाजिरी जमानीमा रिहा भएपनि उहाँ अस्पतालमै उपचाररत हुनुहुन्छ ।









प्रतिक्रिया दिनुहोस्