Logo २२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026


पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया हुँदै


3.6k
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको साेमबार शल्यक्रिया भइरहेकाे छ।

अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया गर्ने क्रम भइरहेकाे हाे। डा.पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले शल्यक्रिया गरेर उहाँको पित्तथैलीको पत्थरी निकालिदैछ । उहाँको सचिवालयले अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया भइरहेको जनाएकाे हाे। ओलीको पित्तथैलीमा २२ एम.एम.को पत्थरी देखिएको छ ।

यसबाहेक ओलीको स्वास्थ्य सामान्य रहेको अस्पतालका चिकित्सकले बताएका छन् । गत भदौमा भएको जेनजी आन्दोलनमा ज्यान जाने गरी दमन गरेको अभियोगमा प्रहरीले पक्राउ गरेपछि पूर्वप्रधानमन्त्री ओली यहि चैत १४ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । यहि चैत २६ गते हाजिरी जमानीमा रिहा भएपनि उहाँ अस्पतालमै उपचाररत हुनुहुन्छ ।