Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


पोखरामा फेवा नववर्ष महोत्सव जारी


78
Shares

काठमाडाैं । पोखराको लेकसाइडमा २१औं संस्करणको फेवा नववर्ष महोत्सव जारी रहेकाे छ।

पर्यटन, संस्कृति र खानालाई प्रवद्र्धन गर्दै आन्तरिक पर्यटनको विकासको लक्ष्यका साथ आइतबारदेखि महोत्सव शुरु भएको हो । महोत्सव भोलिसम्म चल्ने आयोजक होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । महोत्सव उद्घाटनका अवसरमा सातै प्रदेशका सांस्कृतिक नाचहरू प्रस्तुत गरिएको थियो ।

साेमबार खहरेबाट दुलही लिन अम्बोट पुग्ने गरी पञ्चैबाजाको रमाइलो प्रतियोगिता राखिएको छ । यसमा १५ पञ्चैबाजा समूहले भाग लिएको अध्यक्ष सुवेदीले बताउनुभयो । लेकसाइडका सेन्टर प्वाइन्ट, गौरीघाट र अम्बोटका हरेक चौतारामा साँस्कृतिक कार्यक्रम र पञ्चै बाजा प्रतियोगिताका क्रममा खहरेमा रत्यौलीको कार्यक्रम पनि समावेश हुने उहाँले बताउनुभएकाे छ।

पर्यटक दौड प्रतियोगिता पनि महोत्सवमा समावेश हुने संघले जनाएको हाे ।