Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स र गुजरात टाइटन्सकाे शानदार जित

मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सकाे लज्जास्पद हार

455
Shares

काठमाडाैं । रोयल च्यालेन्जर्स बैंगलाेर (आरसीबी)ले इन्डियन प्रिमियर लिग (आईपीपएल)मा मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ ।

भारतकाे मुम्बईमा आइतबार राति भएकाे दाेस्राे खेलमा पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ४ विकेट गुमाएर २ सय ४० रन बनाएकाे हाे । आरसीबीका फिल साल्ट र रजत पाटिदारले महत्वपूर्ण योगदान गरेका छन् । साल्टले ३६ बलमा समान ६ छक्का र चौकासहित ७८ रन बनाएका थिए । मुम्बईका ट्रेन्ट बोल्ट, हार्दिक पाण्ड्या, मिचेल सान्टनर र सार्दुल ठाकुरले समान १ विकेट लिएका छन्।

२ सय ४१ रनको लक्ष्य पछ्याएको मुम्बईले पूरै ओभर खेल्दै ५ विकेट गुमाएर २ सय २२ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि शेरफेन रदरफोर्डले ३१ बलमा ९ छक्का र १ चौकासहित अविजित ७१ रन बनाएका छन् । हार्दिकले २२ बलमा ६ चौका र १ छक्कासहित ४० रन जोडेका थिए । आरसीबीका सुयश शर्माले २ विकेट लिएका हुन् ।

त्यस्तै, आइतबारै भएको पहिलो खेलमा गुजरात टाइटन्सले लगातार दोस्रो जित निकालेको छ । गुजरातले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेकाे हाे । पहिले ब्याटिङ गरेको लखनऊले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको गुजरातले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर लक्ष्य पूरा गरेकाे हाे ।

गुजरातको जितमा तीव्र गतिका बलर प्रसिद्ध कृष्णाले उत्कृष्ट प्रर्दशन गर्दै ४ विकेट लिएका थिए । १ सय ६५ रनको लक्ष्य पछ्याएको गुजरातका कप्तान शुभमन गिलले ३४ बलमा अर्धशतक पूरा गरेका छन् । यो जितसँगै गुजरातले आईपीएलमा लगातार दोस्रो जित हात पारेको छ ।

साथै आईपीएल क्रिकेटमा साेमबार राति पौने ८ बजेदेखि सनराईजर्स हैदरावाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुने भएकाे हाे ।