Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


प्रधानमन्त्री शाहलाई भारतको औपचारिक भ्रमणको निम्तो आएको परराष्ट्रमन्त्री खनालको दावी

भ्रमणको मिति तोक्न भने बाँकी रहेको उल्लेख

806
Shares

काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतको औपचारीक भ्रमणका लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई निम्तो आएको दावी गर्नुभएको छ ।

नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन हाल मौरिससमा रहनुभएका मन्त्री खनालले भारतीय एक सञ्चारमाध्यमसँगको भारतीय नरेन्द्र मोदीले शुभकामना सन्देश पठाउँदा नै भारत भ्रमणको निम्ता दिएको र त्यसमा नेपाल सरकारले सहमति जनाएको बताउनुभएको हो । खनालका अनुसार भारतीय प्रधानमन्त्रीको निम्तोलाई प्रधानमन्त्री बालेन शाहले स्वीकार गरिसक्नुभएको छ ।

यद्यपि भ्रमणको मिति तोक्न भने बाँकी रहेको खनालको भनाई छ । गत शुक्रवार मौरिससमा परराष्ट्रमन्त्री खनालले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नुभएको थियो । त्यस क्रममा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको खनालले उल्लेख गर्नुभएको छ । नेपाल र भारतबीच करिब ४० वटा विभिन्न द्विपक्षीय संयन्त्रहरू रहेको उल्लेख गर्दै खनालले अहिले आन्तरिक रूपमा देशका प्राथमिकताहरू निर्धारण गर्नु रहेको बताउनुभएको छ ।

मौरिसस भ्रमणका क्रममा परराष्ट्रमन्त्रीले भारत भ्रमणबारे सन्दर्भ उल्लेख गरे पनि नेपालको परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालयले यसबारे केही बताएको छैन।