Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


काठमाडाैं महानगरमा एउटै क्षेत्रका कर्मचारीको समूह बनाएर आलोपालो गाडी प्रयोग


299
Shares

काठमाडाैं । काठमाडाैं महानगरपालिकाले इन्धन खपत घटाउनका लागि कर्मचारीहरूलाई उपलब्ध गराएको गाडीलाई आलोपालो चलाउने प्रणाली ‘कार पुलिङ्’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन ‘कार पुलिङ्’ कार्यक्रम कार्यान्वयनमा ल्याएकाे जनाएकाे हाे । साेही कार्यक्रममा बसोबास क्षेत्रका आधारमा एउटै ठाउँबाट आउने जाने कर्मचारीहरूको समूह बनाइएको छ । यस समूहमा हुनेले आफूसँग भएको गाडी आलोपालो सञ्चालन गरेर आफू नजिकका कर्मचारीलाई पनि ल्याउने र लैजाने गर्ने महानगरले जनाएकाे हाे । जसका कारण कार्यालयमा आउने जाने गाडी संख्या र इन्धनको प्रयोग घट्ने कार्यवाहक प्रमुख डंगोलले बताउनुभयो ।

विश्वभर इन्धनको अभाव भएको समयमा पहिलेकै अवस्थामा गाडी सञ्चालन गर्दा अत्यावश्यक काम र सेवाका लागि आवश्यक पर्ने इन्धन पनि नपाइने अवस्था आउन नदिन इन्धनको प्रयोगलाई घटाउनुको विकल्प नभएको उहाँको भनाइ छ । महानगरपालिकाले ४८औं कार्यपालिका बैठकबाट इन्धन कोटामा कटौती गरिसकेको छ ।