Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


नेपालगन्ज बसपार्कलगायतका क्षेत्रमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ


0
Shares

काठमाडाैं । नेपालगन्जकाे बसपार्कमा यात्रुलाई दुःख, हैरानी तथा तनाव दिने व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ ।

आज शनिबार नेपालगन्ज उपमहानगरपालिकामा रहेकाे बसपार्क, धम्बोझी, पुष्पलाल चोक, वाटरपार्क लगायतका क्षेत्रमा यात्रुलाई दुःख दिने गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।

उनीहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा विभिन्न जिल्लाका १८ जना रहेका छन्। उनीहरूमा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ र सुर्खेतका व्यक्तिहरू समावेश छन्। पक्राउ परेकामध्ये सुरज शर्मा, बिशाल थापा, राजेश भराई, तिर्थ यादव, अजय भाट, बिरेन्द्र चन्द, हर्के थापा, रमेश परियार, निराजन बोहरा, सुफियान अली, दिनेश ऐडी, नारायण देउला, कृष्ण बिक, मोहन वाग, विकास सिंह ठकुरी, अन्सार खान, फरमान खाँ र साजन गुरुङ रहेका छन्।

प्रहरीका अनुसार ती व्यक्तिहरू बसपार्क तथा सार्वजनिक स्थलहरूमा यात्रुलाई अनावश्यक रूपमा हैरानी दिने, तनाव सिर्जना गर्ने तथा अव्यवस्थित गतिविधिमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको र यस्ता गतिविधि नियन्त्रणका लागि निगरानी कडा पारिएको प्रहरीले जनाएको छ।