काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले दाेस्राे पटक मन्त्रिपरिषद विस्तार गर्नुभएकाे छ।
प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार उद्योग र श्रम मन्त्री नियुक्त गर्नुभएकाे हाे। रास्वपा सांसद गौरीकुमारी यादव उद्योग मन्त्री र रामजी यादव श्रम मन्त्रीमा नियुक्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नवनियुक्त दुवै जना मन्त्रीहरूले शुक्रबारै राष्ट्रपति भवन शीतल निवासमा पत तथा गाेनीयताकाे शपथ ग्रहण लिने कार्यक्रम तय भएको हाे।
गौरीकुमारी महोत्तरी-४ र रामजी सप्तरी- २ बाट गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन जितेका थिए। प्रधानमन्त्री शाहले उद्योग मन्त्री शुरूदेखि नै आफैसँग राख्दै आउनुभएकाे थियाे । साथै श्रम मन्त्री रहेका रास्वपा सांसद दीपककुमार साहलाई सभापति रवि लामिछानेको सिफारिसमा बिहीबार प्रधानमन्त्री शाहले पदमुक्त गर्नुभएकाे थियाे ।









प्रतिक्रिया दिनुहोस्