काठमाडाैं ।
आज पनि शेयर बजारमा उच्च अंकको सुधार जारी रह्यो ।
बजार ४९ अक बराबरले उकालो लाग्दा परिसुचक २८ सय ५१ मा पुग्यो । सबै समूहमा हरियाली छाउँदा १० अर्ब हाराहारीको कारोबार भयो ।
यसदिन अन्य समूहमा सबैभन्दा बढी ३ प्रतिशतमाथिको बृद्धि आयो । यसैगरी उत्पादन र जलविद्युत समूह साढे दुई प्रतिशत बढीले उकालो लाग्दा अरु समूहमा पनि १ प्रतिशतको हाराहारीमा बृद्धि आयो ।
आत्मानिर्भर लघुवित्त, रिलायन्स स्पीनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रो लगायत आधा दर्जन कम्पनीको शेयर सकारात्मक सर्किट लेवलमा कारोवार भयो । यसदिन २ सय ५१ कम्पनीको मूल्य बढ्दा १६ कम्पनीको घट्यो ।
नेशनल हाइड्रोको सबैभन्दा उच्च ४३ करोड ४७ लाखको कारोबार भयो । यसदिन नेपाल स्टक एक्सचेन्जमा २ करोड ७९ लाख बढी कित्ता शेयर ९ अर्ब ९१ करोड बढीमा कारोवार भएको नेप्सेले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्