काठमाडाैं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पत्ती विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानका लागि सम्पत्ती शुद्धीकरण विभागले देउवासहित उहाँकी धर्मपत्नी आरजु राणा देउवालाई पक्राउका लागि अदालतबाट अनुमति लिएको हो ।
हाल हङकङमा रहनुभएका देउवा दम्पतीको बूढानीलकण्ठस्थित निवासमा गत भदौ २४ गते आगजनी हुँदा घरमा केही भाग जलेको अवस्थामा पैसा भेटिएको भिडियोहरु सार्वजनिक भएका थिए । त्यसलगत्तै विभागले देउवा निवासमा पुगेर मुचुल्का समेत उठाएको थियो ।
जेनजी विद्रोहका क्रममा देउवा दम्पतीमाथी कुटपिट समेत भएको थियो । यद्यपी जलेको पैसा सार्वजनिक भएको दृश्य एआईमार्फत बनाएर आफ्नाबारे भ्रम फैल्याईएको भनि देउवाले अभिव्यक्ति दिनुभएको सार्वजनिक भएको थियो ।
गत फागुन २१ गते सम्पन्न चुनावअघि नै देउवा दम्पती स्वास्थ्य उपचाराका लागि सिंगापुर हुँदै हङकङ पुग्नुभएको छ ।








प्रतिक्रिया दिनुहोस्